७ हजार ८८४ जनामा परीक्षण गर्दा ८३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ८८४ जनामा परीक्षण गर्दा ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १३० जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७३४ जना र एन्टिजेन विधिबाट ३ हजार १५० जनामा परीक्षण भएको थियो । जसमा एन्टिनेज विधिबाट २६ र पीसीआर विधिबाट भएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार