क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ जनाविरुद्ध झन्डै १० करोड रुपैयाँको मुद्दा दायर

काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

क्रिप्टोकरेन्सीका विभिन्न माध्यमहरू बाइनान्स, एडीभी क्यास, क्वाइन बेस, पाक्सफुल लगायतका एपमार्फत नेपाल सरकारले गैरकानुनी मानेका क्रियाकलाप र कारोबार गरेको आरोपमा मोरङको रतुवामाईका पुस्कर श्रेष्ठ र रतुवामाईकै विनिता लिम्बुविरुद्ध नौ करोड ७४ लाख ६९ हजार नौ सय ८३ रुपैयाँ जरिबाना माग गरेर मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

क्रिप्टोमा लगानी गर्ने क्रममा पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख, एनआईसी एसिया बैंकबाट एक करोड ८२ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख गरी सात करोड ५७ लाख र विनिता लिम्बुले एनआईसी एसियाबाट दुई करोड १६ लाख रुपैयाँ बराबरको अनलाइनमार्फत अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको विभागले जनाएको छ । उनीहरूविरुद्ध विदेशी विनिमय नियमन गर्ने ऐनअनुसारको कारबाही माग गरेर मुद्दा दर्ता भएको विभागको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार