रावललाई देउवाको झटारो : ‘एमसीसीको खिलाफमा बोल्न लाज छैन ?’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले संसदमा दर्ता गरेको प्रस्ताव अनुमोदन हुँदा नेपाललाई फाइदा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

साथै उनले एमसीसी पास गर्दा एमालेकै नेताहरूले टाउको दुखाउन जरुरी नभएको समेत बताए । देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेस भएको प्रस्ताव नै अहिले पारित भएको बताए । एमाले सांसद भीम रावलप्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्री देउवाले सत्तामा हुँदा एमसीसी अघि बढाउनेहरूले अहिले विरोध गर्नुको अर्थ नरहेको बताए ।

‘केपी ओलीले पेस गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो रु रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन रु एमसीसी खराब थियो भने त्यतिबेला मन्त्रीबाट राजीनामा किन नदिएको ? कि दिमाग फुस्किएको थियो ?’, प्रधानमन्त्री देउवाले भने ।

रावल रक्षामन्त्री छँदा मन्त्रिपरिषद्ले एमसीसीबारे महत्वपूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले झूठो कुरा नगर्न रावललाई चेतावनी दिए । ‘हिजो सरकारमा बसेर मन्त्री भएर एमसीसी ल्याउने । अहिले आएर एमसीसीको खिलाफमा बोल्न लाज छैन ?’, देउवाले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार