कांग्रेसका हातले रुखबाहेक अन्त भोट हाल्दैनन् : बलायर

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले आफ्नो प्रदेशमा कसैसँग पनि चुनावी गठबन्धन नहुने प्रष्ट पारेका छन् । उनले काँग्रेसले रुखमा बाहेक अरु चुनाव चिन्हमा भोट नहाल्ने समेत घोषणा गरेका छ ।

डोटीको जोरायलमा सोमवार आयोजित ‘घर घर जाऔं,कांग्रेस जिताऔं’ अभियानको सुरूआत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवानिकट प्रभावशाली नेता बलायरले सुदूरपश्चिममा अहिले पनि प्रचण्ड(माधव समूहसँग गठबन्धन नभएकाले चुनावमा पनि नहुने बताए ।

बलायरले भने, ‘माओवादी र एकीकृत समाजवादीले एकातर्फ चुनावमा गठबन्धन गर्नुपर्छ भन्छन् अर्कोतिर कांग्रेसलाई पेल्न छाड्दैनन् । एकातिर गठबन्धन भन्ने, अर्कोतिर हामीलाई पेल्ने रु यो कस्तो गठबन्धन हो रु त्यसैले यहाँ गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रुख चिन्हबाहेक अन्त भोट हाल्दैनन् ।’

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराइएको छैन । शीर्ष तहमा छलफल भएपनि नेकपा एसले कांग्रेसबिना सरकार चलाउन बहुमत रहेको भनिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार