सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालय रुम्जाटारमा

सिभिल बैंकले ओखलढुङ्गा जिल्लाको सिद्घिचरण नगरपालिका वडा नं ४ रुम्जाटारस्थीत यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरेका थिए ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ ओखलढुंगाका अध्यक्ष ग्यानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, नगरपालिकाका वडा नं ४ का अध्यक्ष रत्न बहादुर गुरुङ, रुम्जाटार मा. विका प्रधानाध्यापक गोकर्ण बहादुर वानिया, सिभिल बैंकका चिफ क्रेडिट विजनेस सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनितिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सोही एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन् ।

बैंकले हालसम्म करिब सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरुमार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

बैंकले हालसम्म करिब ८९अर्व रुपैयाँ भन्दाबढी निक्षेप परिचालन गरी ९० अर्व भन्दाबढी कर्जा लगानी गरिसकेकोे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार