कांग्रेसले साथ नदिए माओवादीको शून्य सिट : प्रेस सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसको साथ पाएर मात्रै नेकपा (माओवादी केन्द्र) शून्य सिट हुनबाट जोगिएको जिकिर गरेका छन्। साथै आगामी स्थानीय र संसदीय चुनावमा पनि माओवादीले कांग्रेसकै भोटमा केही स्थान सुरक्षित गर्न खोजेको सुवालको दाबी छ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दे सांसद् सुवालले भने, “२०७४ सालको चुनावमा नेपाली कांग्रेसको साथ पाएर मात्रै माओवादीको भोट जिरो हुनबाट बचेको देखिन्छ।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १६ फागुनमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो नामै लिएको भन्दै सुवालले बैठकमा त्यसको विरोध गरेका छन्। दाहालले आफ्ना पार्टीका नेता नारायणकाजी श्रेष्ठतर्फ लक्षित गर्दै ‘विरोध गर्ने बित्तिकै जनता आउने भए त बिचरा प्रेम सुवाल लगातार मूर्दावादका मूर्दावाद भनिरहनुभएको छ। नेपाल पूरै उहाँकै पछि जानुपर्ने’ भनेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार