एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्य नहुने स्पष्ट पारेका छन् ।बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्न कोशिश गर्ने बताए ।

उनले भने, ‘गठबन्धन पहिलो कुरा होइन । आफ्नै खुटमा उभिने हो, आफ्नै जनआधार सुदृढ गर्ने हो ।’ चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरु र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन पनि हुनसक्ने उनले बताए ।

आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरुको प्रतिस्पर्धा हुने भन्दै प्रचण्डले भने, ‘गठबन्धनका पार्टीहरुबीच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार