इराकस्थित अमेरिकी दूतावासमा मिसाइल हमला

इराकको इरबिल सहरमा रहेको अमेरिकी महावाणिज्य दूतावासमा कयौँ मिसाइल आक्रमण भएको छ। कुर्द नियन्त्रित क्षेत्रमा लगातार मिसाइल आक्रमण भएका भिडियो सार्वजनिक भएका छन्। यी मिसाइल कसले प्रहार गरेको भन्ने जानकारी प्राप्त भएको छैन। तर अमेरिकाले इराकको छिमेकी इरानले महावाणिज्य दूतावासमा मिसाइल आक्रमण गरेको आरोप लगाएको छ।

घटनामा मानवीय हताहति के कति भयो भन्ने विवरण सार्वजनिक गरिएको छैन। यसअघि सिरियाको राजधानी दमास्कस नजिक इजरायलले गरेको आक्रमणमा इरानका रिभोल्युसनरी गार्डका दुई सदस्य मारिएका थिए।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको लडाइँमा अहिलेसम्म १३ सय युक्रेनी सेनाको मृत्यु भएको बताए। जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै १७ दिनको लडाइँमा १३ सय युक्रेनी सैनिकले ज्यान गुमाएको बताए।

युक्रेनले पहिलोपटक आफ्नो तर्फबाट ज्यान गुमाएका सैनिकको आधिकारिक जानकारी दिएको हो। यसअघि युक्रेनले अहिलेसम्म १२ हजारभन्दा बढी रूसी सेनाको ज्यान गएको दाबी गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार