सुनको मूल्य फेरि बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार