आजबाट काँग्रेसको एक महिने चुनावी अभियान, ७७ जिल्ला पुगे केन्द्रीय प्रतिनिधि

सत्तासीन नेपाली काँग्रेसले स्थानीय तह लक्षित एक महिने चुनावी अभियान आइतबार (आज)बाट सुरु गर्दैछ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारासहित देखि ७७ वटै जिल्लामा आजबाट काँग्रेसको एक महिने चुनावी अभियान सुरु हुन लागेको हो । अभियानको आज पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझावसमेत लिने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिक समक्ष पुर्याउने प्रवक्ता महतले बताए । स्थानीय तहको चुनावको लागि माहोल बनाउने लगायत आठ वटा मुद्दामा अभियान केन्द्रित हुने छ।

पार्टीका नेता–कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट, एमसीसी सम्झौता पारित गरेको बारेमा यथार्त कुरा नागरिकलाई जानकारी गराउने, कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गएको तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण नागरिक समक्ष व्यापक रूपमा राख्ने प्रवक्ता महतले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार