ओली नक्कली कम्युनिष्ट हुन्, समयमै जनताले नांगेझार पार्नुपर्छ: झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए ।

एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको जनाए ।

‘ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अब चिनेर भ्रम हटाउनुपर्छ’, उनले भने । उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँंजीपति वर्गको सेवा गर्ने जनाए । एकीकृत समाजवादीले मुलुकमा समाजवाद स्थापना गर्ने मार्क्सवादी र लेनिनवादी सिद्धान्त लिएको तर एमालेले भने पुँजीवादी बाटो अंगालेको उनको तर्क थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्या गरी आएका ६९ जनालाई खनालले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार