बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष एमाले प्रवेश

बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित ५ जना जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बाराको जयनगर (चिउँटाहा) मा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।

मुस्तफालाई एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं बारा पुगेका थिए । अध्यक्ष ओलीसँगै मधेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साह, ज्वालाकुमारी साह लगायतका नेताहरु बारा पुगेका थिए ।

पालिका अध्यक्ष मुस्तुफा जनता समाजवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गरेका हुन् । उनीसहित माओवादी र अन्य पार्टीका चार जना वडाध्यक्षहरु एमाले प्रवेश गरेका हुन् ।

शनिबारमात्रै ओलीले वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीसहित तीन वडाध्यक्ष एमालेमा प्रवेश गराएर बारा पुगेका हन् । पर्सामा मात्रै यसबीचमा दुई स्थानीय तहका प्रमुखसहित धेरै प्रभावशाली नेता एमाले प्रवेश गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार