पाकिस्तानी भूमिमा मिसाइल प्रहार गरेकोमा भारतले माग्यो माफी

काठमाडौं । गत मार्च ९ मा पाकिस्तानमा मिसाइल प्रहार भएकोप्रति भारतले पाकिस्तानसँग माफी मागेको छ ।भारतीय रक्षा मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार प्रविधिक त्रुटिका कारण पाकिस्तानी भू भागमा मिसाइल प्रहार भएको भन्दै क्षमा मागेको हो ।

‘मार्च ९, २०२२ का दिन नियमित मर्मतका क्रममा प्राविधिक गडबढी हुँदा भूलवश मिसाइल प्रहार हुन गएको हो,’ नयाँ दिल्लीस्थित भारतीय रक्षा मन्त्रालयले भनेको छ, ‘उक्त मिसाइल पाकिस्तानी भूभागमा प्रहार हुनु दुर्भाग्यपूर्ण ठानेका छौं।’

सुरुमा भारतको रक्षा मन्त्रालयले पुष्टि नगरेपनि त्यहाँका सञ्चारमाध्यमहरूले उक्त मिसाइल ब्राम्होस हुन सक्ने भन्दै समाचार प्रसारण्प्रकाशन गरेका थिए ।

त्यस्तै उक्त घटनामा कुनै पनि मानवीय क्षति नहुनुलाई भारतीय पक्षले ठूलो राहतको महशुश गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार