दाङमा लुटपाटको आरोपमा एक जना पक्राउ

काठमाडौं । चोरी तथा लुटपाटको आरोपमा दाङबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अन्दाजी २४ वर्षीय गणेश कुमार डाँगी रहेका छन् ।

पक्राउ परेका डाँगीले घोराही १३ का ४८ वर्षीय झुका रोका घोराहीबाट पैसा लिएर घरतर्फ जाँदै गर्दा घर नजिकबाट ४ लाख ६७ हजार ७ सय २० रुपैयाँ लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनलाई घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाट पक्राउ गरिएको हो। उनको साथबाट लुटपाट गरेको रकम, उनले प्रयोग गरेको मोटरसाइकल र मोबाइल फोन एक थानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार