रुसी र नेटो सेनाबीच युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित छ : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको बताएका छन्। उनले तेस्रो विश्व युद्ध हुन नदिनका लागि पनि आफूहरु संयमित रहेको बताए ।
उनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य देशले युक्रेन र रुसबीच भइरहेको युद्धलाई संयमित भएर रोक्ने प्रयास गर्ने पनि बताएका बीबीसीले जनाएको छ ।

बाइडेनले रुसले युक्रेनमाथि आक्रमण बढाउँदै लगे अमेरिकासहित पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै जाने र एकदिन रुस एक्लै हुने पनि बताए । रुसले नेटो देशलाई विभाजन गर्न खोजेको समेत राष्ट्रपति बाइडेनको आरोप छ ।

यसैबीच, रुसले सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएको छ । आफूविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेको भन्दै रूसको राष्ट्रपति कार्यालयले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार