अत्याधिक रक्तश्रावका कारण सुत्केरी र नवजात शिशुको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी र उनको नवजात शिशुको मृत्यु भएको छ । भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका-४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी)को शुक्रबार बिहान मृत्यु भएको हो ।

गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी थिइन् । उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलले जानकारी दिए । भरतपुर अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा.सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरी महिलाको मृत्यु भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार