जिसस जाजरकोटका उपप्रमुख कांग्रेस छाडेर माओवादीमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समुन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानीप्रसाद आचार्य नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन् ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा आचार्यले कांग्रेस परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन् । उनलाई माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । आचार्य लगायतका करिव १६० जना कार्यकर्ताहरु माओवादी प्रवेश गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार