राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अभिनेता राजेश हमालले गायकको रुपमा डेव्यु गरेका छन् । उनले पहिलो पटक स्वर दिएको गीत ‘गाउँले ठिटो’ सार्वजनिक भएको छ ।शुक्रबार काठमाडौंमा आयोजित समारोहमा हमालको अभिनय समेत रहेको गीत सार्वजनिक गरिएको हो ।

गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । गीतमा हमाल ग्रामीण भेषभूषामा देखिएका छन् ।

रोजगारीका लागि विदेशिएको युवकले गाउँमा फर्किएर कृषिकर्मबाट हासिल गरेको सफलतालाई गीतमा चित्रण गरिएको छ । भिडियोमा हमालसहित उत्तम केसी, गोविन्द भट्ट र एसके दाहालको अभिनय छ ।गीत सार्वजनिक कार्यक्रममा बोल्दै हमालले आफू गायक नभई नायक नै भएको र गायन केवल प्रयास मात्रै रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार