ताप्लेजुङ आगलागी : ७० लाख रुपैयाँ बराबरको क्षति

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आज शुक्रवार बिहान भएको आगलागीबाट झन्डै ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । फुङ्लिङ बजारको कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट बिहान साढे ८ बजेतिर आगो सल्किन सुरु भएको थियो । आगलागीबाट नजिकै रहेको सङ्गीता मादेन लिम्बूको घर पनि जलेर नष्ट भएको छ भने आङ्बुहाङकै पक्की घरमा केही क्षति पुगेको छ ।

आगलागीबाट घाइते भएकी ६७ वर्षीया चुलीमाया लिम्बूलाई जिल्ला अस्पताल पु¥याउनासाथ ज्यान गएको हो । यस्तै आगलागीमा परेर १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते भएकी छिन्। आगलागीमा परेर एक जनाको ज्यान गएको छ ।

आगलागीका कारण दुई घर जलेको छ । ती दुई घरमा डेरा गरी बस्नेसहित सात परिवारका २३ जना विस्थापित भएका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार