बन्चरेडाँडाका स्थानीयको समस्या समधान गर्न ‘स्पेसल टास्क फोर्स’

काठमाडौं । काठमाडौंको फोहोर विसर्जनस्थल नुवाकोटको बन्चरेडाँडाका स्थानीयको समस्या समाधान गर्न सरकारले स्पेसल टास्क फोर्स गठन गर्ने भएको छ ।स्थानीयका समस्या समाधान गर्ने गरी द्रुत गतिमा काम गर्नका लागि उक्त फोर्स गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

टास्क फोर्समा स्थानीय जनता समेत सम्मिलित हुनेछन् । ‘जनताका समस्या समाधान गर्न अनुगमनका लागि स्थानीय जनप्रतिनिधिहरु रहेको उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता कार्कीले भने, ‘जनताका समस्या तत्काल समाधान गर्न स्थानीयहरु समेत सम्मिलित स्पेसल ¥यापीड टास्क फोर्स गठन गर्ने निर्णय भएको छ ।’

ल्याण्डफिल साइटमा देखिएका स्थानीय समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए । फोहोर विसर्जन गर्दा त्यस क्षेत्रमा पर्ने वातावरणीय प्रभाव न्युनीकरण गर्न आवश्यक सबै कार्य गर्न सरकार प्रतिवद्ध रहेको सुनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार