साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

काठमाडौं । साउदी अरबका परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउने भएका छन् । उनले आगामी फागुन २९ गते नेपाल आउने कार्यक्रम रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । चैत १ गतेसम्म नेपालमा रहँदा उनले विभिन्न दलका नेतासँग भेटवार्ता गर्नेछन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ । नेपाल र साउदी अरब सरकारबीच हुने दुई पक्षीय हस्ताक्षरको पत्रको मस्यौदा बनाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने पनि निर्णय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार