एमसीसीको ग्लोबल टेण्डरमा भाग लिन निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । एमसीसी पारित भइसकेपछि अब यस अन्तर्गत हुने पुर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई प्रधानमन्त्री देउवाले आह्वान गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने बाध्यता रहेको बताए । देउवाले नेपालका निर्माण व्यवसायीले पनि यसमा भाग लिन आग्रह गरे ।

देउवाले भने( एमसीसीमा ग्लोबल बिडिङ हुन्छ,नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुस,सफल हुनुस् । म सबैभन्दा बढी खुसी हुनेछ । अन्तर्राष्टिय बिडिङ हुन्छ,यसमा संसारका जो पनि आउन सक्छ ,चीन र भारतका आउन सक्छन् । नेपालका तपाईहरुहरु पनि धेरैभन्दा धेरै सहभागी हुनुस् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार