कोरोनाबाट मृत्यु हुनेको संख्या सार्वजनिक गरिए भन्दा तेब्बर

किन तथ्यांक लुकाउँछ डब्लुएचओ ?

काठमाडौं । अनुसन्धानकर्मीहरुले कोरोनाबाट मृत्यु भएका आधिकारिक तथ्यांक भन्दा तीनगुणाबढी मृत्यु भएको बताएका छन् । हालसम्म आधिकारिकरुपमा कोरोनाबाट ५९ लाखको मृत्यु भएको छ ।
तर अमेरिकाको वासिङ्टन युनिभर्सिटीमा कोभिडको अधिक मृत्यु दरको बारेमा १९१ मुलुक र क्षेत्रको बारेमा अध्ययन गर्दा तथ्यांक भन्दा तीन गुणा बढीको मृत्यु भएको पाइएको हो । अर्थात कोरोनाबाट १८ मिलियन अर्थात १ करोड ८० लाख मानिसको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको दिनको २ वर्षपछि उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो । यसलाई अनुसन्धानकर्ताले विश्वव्यापी मृत्यु तथ्यांक भनेका छन् ।
केही मृत्युहरु भाइरसका कारण र अन्य संक्रमणसँग पनि सम्बन्धित भएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार