सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्चको न्यायाधीशमा कुँवर सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तीका लागि उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ । न्यायपरिषद बैठकले श्रेष्ठको नाम सिफारिस गरेका हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद् बैठकले श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

यस्तै, बैठकले सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ। संविधानको धारा १२९ को उपधारा (२) मा न्याय परिषद्‌को सिफारिसमा राष्ट्रपतिले सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने तथा संविधानको धारा १४० को उपधारा (१)मा न्याय परिषद्‌को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार