श्रीलंका ११ विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबार अन्तिम अभ्यास खेल खेल्दै छ । श्रीलंका राष्ट्रिय टिमका पूर्व खेलाडी सम्मिलित श्रीलंका कम्बाईन ११ विरुद्ध आज नेपालले खेल्ने छ । ​श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । यससँगै नेपाल बलिङमा रहनेछ ।

यसअघि नेपालले तीन अभ्यास खेलमा जित हात पारेको थियो । अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा युएई प्रस्थान गर्ने छन् । नेपालले लिगल २ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार