उड्न तयार सौर्य एयरको जहाजमा प्राविधिक समस्या

काठमाडौं । उडनका लागि तयार भएको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएको छ । यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ ।

काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दागर्दा जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिए ।

सो जहाजमा सवार बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले लेखेका छन्, ‘ दुर्घटनाको मुखबाट बाँचियो, तर सौर्य एयरलाइन्सको व्यवस्थापन यात्रुप्रति उदासिन देख्दा दुस्ख प्रकट गर्दछु, जहाज कन्डिसन चेक नगरी उडाउनु कोशिस गर्नु अपराध होइन ?’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार