रुकुमपूर्वको जंगलमा भेटिए एक दर्जन बढी सकेट बम

रुकुम पूर्वको एक जंगलमा एक दर्जन बढी सकेट बम फेला परेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर–२ प्वाङको बुर्केसल्ला जङ्गलमा कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेका हुन् ।

वडाध्यक्ष जीवन केसीका अनुसार हिजो दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको बताए ।

सकेट बम रहेको ठाउँमा निगरानी गरिएको र आज बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार