ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, पाँचथरबाट दमकल मगाइयो

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ मा आज बिहान आठ बजेतिर आगो लागेको हो ।

आगलागीबाट अहिलेसम्म एउटा घर पूर्णरुपमा जलेको ताप्लेजुङका डीएसपी बालनरसिंह राणाले जानकारी दिए ।

अहिले सुरक्षाकर्मी, स्थानीय बासिन्दा र एउटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । अर्को दमकल पाँचथरबाट पनि मगाइएको डीएसपी राणाले जानकारी दिए ।

ताप्लेजुङ हरेक वर्ष आगलागीको चपेटामा पर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार