७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक विदा (सूचीसहित)

सरकारले आगामी वर्ष २०७९ सालमा शनिबारबाहेक विभिन्न पर्व, दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । यसरी सार्वजनिक बिदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।

बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा, पाँच दिन तिहार विदा, पाँच दिन सबैका लागि दिवस विदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र विदा गरेर ६ दिन दिवस बिदा दिइएको छ ।

यस्तै ३ दिन जन्मजयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि विदा भए पनि अरू २ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ ।

तर, पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिने भएको छ । २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार बिहान ट्वीट गर्दै थापाले भनेका छन्, ‘सरकारले सार्वजनिक गरेको २०७९ मा दिइने बिदामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवसलाई समावेश नगरेकोमा खेद प्रकट गर्दछु ।’ नेपाली नाम र पहिचान दिने महापुरुषको सम्मान गर्न कन्जुस्याइँ र हिनताबोध नगर्न भन्दै थापाले बिदाको माग गरेका छन् ।

हेर्नुहोस् कुन-कुन दिन सार्वजनिक विदा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार