सरकारले देशको मध्यभागमा ज्येष्ठ नागरिक अस्पताल खोल्ने

मन्त्रीहरुले मृत्युपश्चात अंगदान गर्ने

सरकारले ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरषद् बैठकले ज्येष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल सञ्चालन गर्नुपर्ने स्वास्थ्य मन्त्री विरोध खतिवडाको प्रस्ताव स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमा सहमति भएको र अस्पताल कहाँ खोल्ने भन्ने विषयमा प्रक्रिया थालिने मन्त्री खतिवडाले बताए । ‘चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, धादिङ, कहाँ स्थापना गर्ने हो, देशको मध्य मागमा स्थापना हुनेछ,’ खतिवडाले भने, ‘अब चाँडै जग्गा खोज्ने प्रक्रिया अघि बढ्छ ।’ अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदलमार्फत काम अघि बढाइसकेको छ ।

यस्तै ५० वर्ष माथिका सबै नागरिकको वर्षमा एक पटक नि शुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको उनले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी मन्त्री खतिवडाले क्याविनेटमा अंगदानको प्रस्ताव लगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार