कांग्रेसको सप्तरी सभापतिमा कोइराला पक्षका साह निर्वाचित

नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजय भएका छन् । शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि साह विजयी भएका हुन् । यादवले १ हजार ७० मत प्राप्त गरेका छन् ।

मंगलबार सम्पन्न मतदानको मतगणना बिहिबार बिहानदेखि शुरू भएको थियो । कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् । जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए ।

सभापतिमा निर्वाचित साह डा. शेखर कोइराला पक्षका तथा पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुन् ।

सप्तरीमा यसअघि शनिबार भएको निर्वाचन विवादपछि स्थगित भएर मंगलबार सम्पन्न भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार