ग्लोबल र कामना बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । ग्लोबल र कामना बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतले हस्ताक्षर गरेका हुन्‌ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरूलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङजस्ता सुविधाहरू उपलब्ध गराउने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार