स्थानीय तह निर्वाचनका लागि ७९ दललाई मान्यता

ऋषि कट्टेल नेतृत्वको नेकपाले पाएन मान्यता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ । आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिने मान्यता दिएको हो ।

आयोगमा १ सय १० दल दर्ता भए पनि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० दलले निवेदन दिएका थिए । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ता आह्वान गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विवादित एउटा दल बाहेक सबैलाई मान्यता दिने निर्णय भएको जानकारी दिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार