हेलिकोप्टरबाट डढेलो निभाउँदा गाउँपालिकाको १९ लाख स्वाहा

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित वन क्षेत्रमा लागेको डढेलो निभाउन १९ लाख रुपैयाँ खर्च भएको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार डढेलो निभाउन प्रयोग गरिएको सिम्रिक एयरको सवा १९ लाख बिल उठेको छ ।

विवरण अनुसार सो गाउँपालिकाको सुर्के, नाक्चुङ र तातेलगायत बस्ती आसपासमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग गरिएको थियो । डडेलो नियन्त्रण गर्न तीन दिन लागेको थियो ।

पहिलो दिन ११७ बकेट, दोस्रो दिन २३ बकेट र तेस्रो दिन ९० बकेट गरी जम्मा २३० बकेट पानी हालिएको थियो । डडेलो नियन्त्रण गर्न सेना, प्रहरी तथा स्थानीय समेत खटिएका थिए । गाउँपालिकाका अनुसार स्थानीय सरकारको विपद् व्यवस्थापन कोषबाट १९ लाख २६ हजार ३३० रुपैयाँ हेलिकोप्टरको खर्च भुक्तानी गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार