एकीकृत समाजवादीले सम्पूर्ण शक्ति स्थानीय निर्वाचन केन्द्रीत गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सम्पूणै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गर्ने भएको छ ।दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको छ । साथै केही समसामयिक प्रस्ताव समेत बैठकले पारित गरेको छ । योसँगै विभिन्न समसामायीक निर्णय गर्दै नेकपा एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक सकिएको छ ।

त्यस्तै अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमसीसीका बारेमा आएका विचार र धारणालाई समेत पार्टीको सम्पत्तिका रुपमा राख्दै आवश्यक पर्दा छलफल गर्न सकिने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार