एमालेलाई हराउन गठबन्धन गर्नै पर्ने देउवाको निष्कर्ष

काठमाडौं । बर्तमान सत्ता गठबन्धन चुनाव सम्म नै कायम हुने सम्भावना बढेको छ । खासगरी नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी गठबन्धन गर्ने संकेत गरेका हुन् ।
पर्सा जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिलाई प्रमाणपत्र वितरण समारोहपछि बोल्दै सभापति देउवाले गठबन्धन गरेर चुनावमा जाँदामात्र सफलता प्राप्त हुने बताए ।

देउवाले सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल गरेर जाँदामात्र स्थानीयदेखि प्रदेश र संघीय चुनावमा सहज जित हासिल हुने र आगामी सरकार पनि कांग्रेसकै नेतृत्वमा बनाउन सकिने बताए ।

देउवाले भने, ‘यस्तो अवस्थामा कसै न कसैसँग मिल्नुपर्ने आजको आवश्यकता छ । त्यसैले गठबन्धनकै साथ र सहयोगमा प्रधानमन्त्री बनेको हुँ । कतिपय ठाउँमा आपसी समस्या पनि हुन सक्लान् । जिल्ला, गाउँ अथवा कहीँ कतै समस्या भए आपसमा बसेर कुराकानीमार्फत सुल्झाउन सकिन्छ ।’

प्रधानमन्त्री देउवाले नेकपा एमालेजस्तो बलियो र व्यापक संगठन सञ्जाल तथा जनाधार भएको पार्टी विपक्षमा रहेकाले पनि कांग्रेसलाई गठबन्धन आवश्यक पर्ने बताए । उनले एमालेभित्रजस्तो एकता कांग्रेसभित्र नभएको असन्तुष्टि प्रकट गरे ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार