नेप्से परिसूचक ५२ अंकले बढ्यो, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२ दशमलव ३१ अंकले बढेर २५ सय ६६ दशमलव ९० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ३४ अंकले बढेर ४९३ दशमलव ५३ अंकमा पुगेको छ ।

कारोबार रकममा पनि बुधबारको भन्दा झिनो सुधार देखिएको छ । दिनभर भएका ४३ हजार ५३८ कारोबारबाट २२६ कम्पनीका ५६ लाख १० हजार ६३१ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचक उच्च अंकले बढ्दा अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । धेरै बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड पहिलो नम्बरमा देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार