अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेमा प्रवेशको तयारी गरिकी छिन् । उनी आज विहानमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।

करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको बताएकी छिन् । चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् । आफ्नो ‘पोजिसन’अनुसार पार्टीले भूमिका दिनुपर्ने पनि उनले बताइन् । यसभन्दा पहिले उनी डा. बाबुराम भट्टराईको पार्टीमा थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार