एक्लै लड्दा कुनै पार्टीले पनि बहुमत ल्याउँदैन, गठबन्धनबारे छलफल जारी छ : प्रधानमन्त्री देउवा

गठबन्धनका साथीहरूलाई चिढ्याउने काम नगर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताएका हुन् ।

‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक हुन्छ । हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो रु तपाईंहरूलाई थाहै छ,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिले गठबन्धनका सरकार हुँदा मिलेर चुनाव लडियो भने स्थानीय तह, प्रदेश र केन्द्रमा पनि हाम्रो गठबन्धनको सरकार रहिरहन सक्छ ।’

उनले आफू प्रधानमन्त्री भएपछि देशको अवस्थामा बदलाव आएको बताए । ‘म प्रधानमन्त्री हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ । वास्तवमा मैले त प्रधानमन्त्री हुन नै चाहेकै थिइनँ । मलाई गठबन्धनका सबै साथीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ,’ देउवाले भने, ‘अहिले परिस्थिति बद्लिएको छ । डरत्रास हटेको छ । लेख्ने बोल्ने स्वतन्त्रता प्राप्त भएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार