संखुवासभा दुर्घटना अपडेट : मृतक मध्ये १० जनाको सनाखत

काठमाडौं । संखुवासभामा सातघुम्तीमा बस दुर्घटनामा परी मृत्यु भएका १४ मध्ये १० को सनाखत भएको छ ।मृत्यु हुनेमा संखुवासभा मादी नगरपालिका ६ बस्ने उमेर नखुलेकी अञ्जना कटवाल, ५ वर्षीया दिक्षा कटवाल३८ वर्षीय ईन्द्र बहादुर अधिकारी, ५ नम्बर वडाका ४५ वर्षीय को दिपक दाहाल, ५५ वर्षीया वर्षीया भवानी दाहाल ५२ वर्षीयको श्याम शेर्पा वडा नम्बर ४ का ३५ वर्षीय सहचालक उमेश भट्टराई ३८ वर्षीय आईत बहादुर तामाङ, ३५ वर्षीया सबिता राउत कार्की र तेह्रथुम औशीडाँडा बस्ने ३५ वर्षीय चालक बिपिन निरौला रहेका छन् ।

१ पुरुष, २ महिला, १ बालक गरी ४ जनाको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।संखुवासभा मादी ५ बस्ने ३० वर्षीय सुभाष गोले, ३० वर्षीय युका पोखरेल वडा नम्बर ६ बस्ने २२ वर्षीया तुलसा कटुवाल, अम्बिका बिक, डम्बर बहादुर कार्की रहेका छन् । घाइते कटुवालको छोरीको भने मृत्यु भएको छ ।

मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका( ६ को पुलुड्डस्थित सात घुम्तिमा बस दुर्घटना भएको थियो । के कारणले दुर्घटना भएको खुल्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार