पञ्जाबमा आम आदमी पार्टीलाई अप्रत्यासित सफलता, कंग्रेस पत्तासाप

काठमाडौं । भारतको पञ्जाब राज्यमा आम आदमी पार्टी (आप)ले सफलता हासिल गर्ने देखिएको छ ।चुनावको मतगणनाको शुरुवाती चरणमा अप्रत्यासित सफलता हासिल गर्ने देखिएको हो ।

११७ सिट भएको पन्जाबमा आम ८९ सीटमा अगाडि देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ । पन्जावमा आपको उदयले देशकै सबैभन्दा पुरानो पार्टी कांग्रेस कंग्रेसलाई ठूलो धक्का लागेको छ ।आपको जित निश्चित भएसँगै अरबिन्द केजरीवालका लागि दिल्ली बाहिर पहिलो ठूलो सफलता हुनेछ ।

पञ्जाबमा आपले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम आदमी पार्टीमा प्रवेश गरेका थिए । सन् २०१९ को निर्वाचनमा पंजाबबाट लोकसभा चुनाव जित्ने आपका एक मात्र उम्मेदवार हुन् ।

कंग्रेस १५ सिटमा मात्रै अगाडि रहेको छ । भारतीय जनता पार्टी केबल चार सिटमात्र अगाडि छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार