मृत्युपछि अंग दान गर्न स्वास्थ मन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंग दान गर्न आग्रह गरेका छन् । बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभात फेरि लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंग दान गर्न सबैलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘मृगौला पीडितले आफुलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरूको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ । पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो । अहिले दान गर्न पाउने सर्कललाई हामीले ठुलो बनाएका छौँ । नाता पर्ने जति सबैले पाउँछ । हामीले मृत्यू पश्चातको अंग दान पनि गर्न सक्छौँ । मृत्यु पश्चातको अंग दान गर्न सक्यौँ भने अझ मृगौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’

उनले मृत्यू पश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए । नाता पर्ने जति सबैले मृगौला दान गर्न सक्ने उनले स्पष्ट पारे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार