संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । बिहीबार बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस करिब साढे सात बजेतिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । यस्तै, दुर्घटनामा परेर थुप्रै घाइते भएको प्रहरीको भनाइ छ।

घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएकोछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार