गोदावरी नदीमा डुबेर एक बालिकाको मृत्यु

काठमाडौं । कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । गोदावरी नदीमा नुहाउने क्रममा डुबेर गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको मृत्यु भएको हो ।

साथीहरूसँग नुहाउन गएका बेला बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार