अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल ह्‍वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्‍दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो ।

मण्डलले पीडितहरुलाई विभिन्‍न सामाजिक सञ्जालमार्फत करिब २ लाख १ हजार ठगी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका उनलाई गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको इलाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार