जफत भएका ड्रोन लिलाम बिक्री गर्दै प्राधिकरण

अनुमतिबिना विभिन्न स्थानमा उडाउँदा जफत भएका ड्रोन नेपाल नागरिक उड्डयन प्राधिकरणले लिलाम बिक्री गर्ने भएको छ ।

प्राधिकरणले बुधबार बोलपत्र आह्वान गर्दै ड्रोन लिलामका लागि आह्वान गरेको हो । २० वटा ड्रोनका लागि न्यूनतम मूल्य ७ लाख ५९ हजार ४ सय ८ रुपैयाँ राखिएको छ ।

खरिद गर्न इच्छुकहरुले १५ दिन भित्र सिलबन्दी बोलपत्र दिने सक्ने प्राधिकरणले जनाएको छ । ड्रोन दर्ता प्राधिकरणमा हुनुपर्छ । मानवरहित हवाई उपकरणहरु जफत भएपछि प्राधिकरणमा बुझाउने गरिन्छ । खासगरी गृह प्रशासनबाट यस्तो ड्रोनहरु जफत हुने गरेको छ ।

सरकारले निश्चित क्षेत्रहरुमा ड्रोन उडाउन नपाउने गरी तोकेको छ । यसमा मठमन्दिर, सम्पदा तथा सुरक्षा सम्वेदनशील क्षेत्रहरु छन् । ती क्षेत्रमा अनुमतिबिना ड्रोन उडाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार