एमसीसी कम्युनिष्ट र चीनविरोधी छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एकतर्फ घोषणाबाट पारित भएको एमसीसी अहिलेकै कम्युनिष्ट र चीनविरोधी भएको बताएका छन् ।

नेकपा एसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालपछि बोलेका खनालले एमसीसीको व्याख्यात्मक घोषणालाई लेटर अफ एक्सचेन्जमार्फत सम्झौताको अंग बनाउनुपर्ने बताए ।

खनालले भने, ‘धेरै ठुलो मुद्दा हो । यसबारे हामीले नै पहिले कुरा उठाएको हो । मेरै नेतृत्वमा कार्यदल बनेको थियो । पछिल्लो अवस्थामा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने हुन्थ्यो । एकदम हतारहतारमा भयो । व्याख्यात्मक घोषणा गर्नै नसकिने होइन । तर, हामीले एकतर्फी गर्‍यौं । जे गरिएको छ, त्यसलाई उपलब्धिमा बनाउनुपर्छ । लेटर अफ एक्सचेन्जबाट यसलाई सम्झौताको अंग बनाउनु पर्छ । अब यो कसरी कार्यनयन हुन्छ रु अहिले कै शर्तमा भयो भने यो कम्युनिष्ट र चीनविरोधी हुन्छ । यो एकलौटी सम्झौता जस्तो भयो । हाम्रोभन्दा अमिरिकी हितलाई माथि राखियो ।

खनालले अब एमसीसीको नाममा विवाद नगर्ने भन्दै केही कुरा भए पनि चुनावसम्म स्थगित गरौं भनेका छन् । यसअघि अध्यक्ष नेपालले एमसीसीको विरुद्धमा फेसबुकमा लेखिएका स्टाटस डिलिट गर्न र यसबारे जथाभावी नबोल्न नेताहरूलाई चेतावनी दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार