४५ मिनेटका राष्ट्रपति, जो अमेरिकी षड्यन्त्रले बाहिरिए

इतिहासका पानाहरूमा यस्ता केही कथा छन्, जुन आज पनि अचम्म लाग्न सक्छ। पेड्रो लास्कुरिन मेक्सिकोको राष्ट्रपति बनेको कथा यस्तै छ, जो ४५ मिनेट मात्रै पदमा रहे । मेक्सिकोका नेता पेड्रो लास्कुरिन सन् १९१३ मा देशको राष्ट्रपति बने र ४५ मिनेटमा संसदमा आफ्नो राजीनामा पेश गरे।

पेड्रो लास्कुरिन इतिहासमा यति छोटो समयका लागि राष्ट्रपति पद सम्हाल्ने पहिलो र अन्तिम नेता हुन्। यो घटना ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा समेत दर्ता भएको छ । दशकौंसम्म लास्कुरिनलाई ‘फ्लिटिंग प्रेसिडेन्ट’ जस्ता नामहरू दिइयो, जसको अर्थ अल्पकालीन राष्ट्रपति हो। पछि यो घटनाबारे भएको जाँचबाट पत्ता लागेको थियो कि, कसरी राम्रो शिक्षा प्राप्त गरेको तर कम राजनीतिक अनुभव भएको नेता सन् १९१० देखि १९२० बीचमा भएको मेक्सिकोको क्रान्तिका क्रममा अप्रत्यासित संघर्षको शिकार भएका थिए।

इतिहासकार ग्रेजेलिया अल्तामिरानोले बताइन्, ‘उनलाई ४५ मिनेटका लागि सत्ता सम्हालेका नेताका रूपमा चिनिन्छ। यो कुनै पनि राष्ट्रपतिका लागि पदमा रहेको सबैभन्दा कम समय हो। कसैले पनि उनको कार्यकाललाई चान्सलरको रुपमा हेर्दैन।’

लास्कुरिनका व्यक्तिगत फाइलहरू पढ्ने थोरै अनुसन्धानकर्ताहरूमध्ये एक अल्तामिरानो भन्छन्, ‘लस्कुरिनले अमेरिकासँगको सम्बन्धको सबैभन्दा अप्ठ्यारो समयमा अहम् भूमिका निभाएका थिए। त्यो बेला मेक्सिकोमा हेनरी लेन विल्सन अमेरिकाको राजदूत थिए, जसलाई मेक्सिकोको इतिहासमा सबैभन्दा नराम्रो अमेरिकी राजदूत मानिन्छ।’

४५ मिनेट मात्र राष्ट्रपति पदमा बस्नुले लास्कुरिनलाई सँधै सताएको छलपट्टि पनि देखाउँछ।अर्का इतिहासकार ग्वाडालुप विलाका अनुसार, ‘यो एउटा यस्तो कलंक थियो, जसलाई मेटाउन सकिदैँन र यो प्रकरणपछि उनले आफ्नो जीवनको कैयौं वर्ष आफूलाई सही बताउन र मानिसहरूलाई वास्तवमा के भएको थियो भन्ने सुनाउनमै बिताएका थिए।’

ती १० दिन
जब पेड्रो लास्कुरिन मेक्सिकोको राष्ट्रपति बने, त्यो देशको लागि सबैभन्दा कठिन दिनहरू थिए। १९१३ मा ९ र १९ फेब्रुअरी बीच त्यहाँ राष्ट्रपति फ्रान्सिस्को आई माडेरोविरुद्ध सैन्य विद्रोह भयो र उनको हातबाट शक्ति गुम्यो।

यो सम्पूर्ण घटनालाई ‘ट्र्याजिक टेन’ भनिन्छ ।

त्यो वर्ष मदेरोको सरकारविरुद्ध सेना अगाडि आउन थालेको थियो। उनी मेक्सिकोको ३० वर्षे इतिहासमा पहिलो पटक लोकतान्त्रिक रूपमा निर्वाचित भएर सत्तामा पुगेका थिए। उनीभन्दा पहिले जनरल पोरफिरियो डियाजले सैन्य शासनमार्फत देशमा तीन दशक राज गरेका थिए।

सरकार र सेनाबीच जारी संघर्षको क्रममा मेक्सिकोका लागि अमेरिकी राजदूत विल्सनले त्यहाँ रहेका अमेरिकी नागरिक र उनका कारोबारको सुरक्षासँग जोडिएका मागहरू सिलसिलेबार तरिकाले राखेका थिए। त्यति बेला लस्कुरिन विदेशमन्त्री थिए। यसकारण विल्सनका माग र गतिविधिले उनीमाथि सबैभन्दा धेरै दबाब सिर्जना भएको थियो। विल्सनले कैयौं पटक खुलेआम तत्कालीन राष्ट्रपति मदेरोको राजीनामा माग्नेदेखि मेक्सिकोमा सैन्य कारबाही गर्ने धम्कीसम्म दिएका थिए।

इतिहासकार अल्तामिरानो भन्छन्, ‘विदेशमन्त्रीको रूपमा उनको भूमिका सबैभन्दा महत्त्वपूर्ण थियो । किनभने यो समय थियो जब एक राजदूतले मेक्सिकोको इतिहासमा पहिलो पटक खुला रूपमा सैन्य कारबाहीको धम्की दिइरहेका थिए।’

एक दशकअघि मेक्सिकोको आधाभन्दा बढी भूभाग छिमेकी मुलुकमा गएको थियो। त्यसैले अमेरिकाको धम्कीलाई त्यहाँ गम्भीरतापूर्वक लिइएको थियो ।

अल्तामिरानो भन्छन्, ‘फेब्रुअरीमा जब तनाव बढ्न थाल्यो, तब विल्सनसँगै मेक्सिकोका लागि अन्य देशका राजदूतले पनि राष्ट्रपतिको राजीनामालाई नै समस्या समाधानको एक मात्र उपाय बताउन थाले।’ वासिङ्टनको अनुमति नलिइ राजदूत विल्सनले आफ्ना सहयोगी राजदूतहरूलाई मेक्सिकोको सिमानामा पहिलेदेखि नै अमेरिकी सैनिक तैनाथ रहेको जानकारी दिएका थिए। विल्सनले अन्य राजदूतसँग आफ्नो देशलाई खतरा भएका कारण सिमानामा सैनिक तैनाथ राखेको बताएका थिए। उनले भनेका थिए, ‘यदि राष्ट्रपतिले राजीनामा दिएनन् भने हमला गरिनेछ। हामीले राष्ट्रपतिको राजीनामा जसरी पनि लिनुपर्छ।’

इतिहासका पानाहरूमा यस्ता केही कथा छन्, जुन आज पनि अचम्म लाग्न सक्छ। पेड्रो लास्कुरिन मेक्सिकोको राष्ट्रपति बनेको कथा यस्तै छ, जो ४५ मिनेट मात्रै पदमा रहे ।मेक्सिकोका नेता पेड्रो लास्कुरिन सन् १९१३ मा देशको राष्ट्रपति बने र ४५ मिनेटमा संसदमा आफ्नो राजीनामा पेश गरे।

पेड्रो लास्कुरिन इतिहासमा यति छोटो समयका लागि राष्ट्रपति पद सम्हाल्ने पहिलो र अन्तिम नेता हुन्। यो घटना ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा समेत दर्ता भएको छ । दशकौंसम्म लास्कुरिनलाई ‘फ्लिटिंग प्रेसिडेन्ट’ जस्ता नामहरू दिइयो, जसको अर्थ अल्पकालीन राष्ट्रपति हो। पछि यो घटनाबारे भएको जाँचबाट पत्ता लागेको थियो कि, कसरी राम्रो शिक्षा प्राप्त गरेको तर कम राजनीतिक अनुभव भएको नेता सन् १९१० देखि १९२० बीचमा भएको मेक्सिकोको क्रान्तिका क्रममा अप्रत्यासित संघर्षको शिकार भएका थिए।

इतिहासकार ग्रेजेलिया अल्तामिरानोले बताइन्, ‘उनलाई ४५ मिनेटका लागि सत्ता सम्हालेका नेताका रूपमा चिनिन्छ। यो कुनै पनि राष्ट्रपतिका लागि पदमा रहेको सबैभन्दा कम समय हो। कसैले पनि उनको कार्यकाललाई चान्सलरको रुपमा हेर्दैन।’

लास्कुरिनका व्यक्तिगत फाइलहरू पढ्ने थोरै अनुसन्धानकर्ताहरूमध्ये एक अल्तामिरानो भन्छन्, ‘लस्कुरिनले अमेरिकासँगको सम्बन्धको सबैभन्दा अप्ठ्यारो समयमा अहम् भूमिका निभाएका थिए। त्यो बेला मेक्सिकोमा हेनरी लेन विल्सन अमेरिकाको राजदूत थिए, जसलाई मेक्सिकोको इतिहासमा सबैभन्दा नराम्रो अमेरिकी राजदूत मानिन्छ।’

४५ मिनेट मात्र राष्ट्रपति पदमा बस्नुले लास्कुरिनलाई सँधै सताएको छलपट्टि पनि देखाउँछ।

अर्का इतिहासकार ग्वाडालुप विलाका अनुसार, ‘यो एउटा यस्तो कलंक थियो, जसलाई मेटाउन सकिदैँन र यो प्रकरणपछि उनले आफ्नो जीवनको कैयौं वर्ष आफूलाई सही बताउन र मानिसहरूलाई वास्तवमा के भएको थियो भन्ने सुनाउनमै बिताएका थिए।’

ती १० दिन
जब पेड्रो लास्कुरिन मेक्सिकोको राष्ट्रपति बने, त्यो देशको लागि सबैभन्दा कठिन दिनहरू थिए। १९१३ मा ९ र १९ फेब्रुअरी बीच त्यहाँ राष्ट्रपति फ्रान्सिस्को आई माडेरोविरुद्ध सैन्य विद्रोह भयो र उनको हातबाट शक्ति गुम्यो।

यो सम्पूर्ण घटनालाई ‘ट्र्याजिक टेन’ भनिन्छ ।

त्यो वर्ष मदेरोको सरकारविरुद्ध सेना अगाडि आउन थालेको थियो। उनी मेक्सिकोको ३० वर्षे इतिहासमा पहिलो पटक लोकतान्त्रिक रूपमा निर्वाचित भएर सत्तामा पुगेका थिए। उनीभन्दा पहिले जनरल पोरफिरियो डियाजले सैन्य शासनमार्फत देशमा तीन दशक राज गरेका थिए।

सरकार र सेनाबीच जारी संघर्षको क्रममा मेक्सिकोका लागि अमेरिकी राजदूत विल्सनले त्यहाँ रहेका अमेरिकी नागरिक र उनका कारोबारको सुरक्षासँग जोडिएका मागहरू सिलसिलेबार तरिकाले राखेका थिए। त्यति बेला लस्कुरिन विदेशमन्त्री थिए। यसकारण विल्सनका माग र गतिविधिले उनीमाथि सबैभन्दा धेरै दबाब सिर्जना भएको थियो। विल्सनले कैयौं पटक खुलेआम तत्कालीन राष्ट्रपति मदेरोको राजीनामा माग्नेदेखि मेक्सिकोमा सैन्य कारबाही गर्ने धम्कीसम्म दिएका थिए।

इतिहासकार अल्तामिरानो भन्छन्, ‘विदेशमन्त्रीको रूपमा उनको भूमिका सबैभन्दा महत्त्वपूर्ण थियो । किनभने यो समय थियो जब एक राजदूतले मेक्सिकोको इतिहासमा पहिलो पटक खुला रूपमा सैन्य कारबाहीको धम्की दिइरहेका थिए।’

एक दशकअघि मेक्सिकोको आधाभन्दा बढी भूभाग छिमेकी मुलुकमा गएको थियो। त्यसैले अमेरिकाको धम्कीलाई त्यहाँ गम्भीरतापूर्वक लिइएको थियो ।

अल्तामिरानो भन्छन्, ‘फेब्रुअरीमा जब तनाव बढ्न थाल्यो, तब विल्सनसँगै मेक्सिकोका लागि अन्य देशका राजदूतले पनि राष्ट्रपतिको राजीनामालाई नै समस्या समाधानको एक मात्र उपाय बताउन थाले।’

वासिङ्टनको अनुमति नलिइ राजदूत विल्सनले आफ्ना सहयोगी राजदूतहरूलाई मेक्सिकोको सिमानामा पहिलेदेखि नै अमेरिकी सैनिक तैनाथ रहेको जानकारी दिएका थिए। विल्सनले अन्य राजदूतसँग आफ्नो देशलाई खतरा भएका कारण सिमानामा सैनिक तैनाथ राखेको बताएका थिए। उनले भनेका थिए, ‘यदि राष्ट्रपतिले राजीनामा दिएनन् भने हमला गरिनेछ। हामीले राष्ट्रपतिको राजीनामा जसरी पनि लिनुपर्छ।’

जनरल भिक्टोरियानो ह्युर्टा

के लास्कुरिन देशद्रोही थियो ?
लस्कुरिन आफूले राजीनामा दिएको परिस्थितिबारे राम्रोसँग जानकार थिए। अमेरिकी आक्रमणको धम्कीलाई जनाउँदै उनले आफ्नो राजीनामा पत्रमा लेखेका थिए, ‘हामीले देखिरहेका घटनाहरूले मलाई कानुनको दायराभित्र रहेर स्थिति समाधानका लागि पहलकदमी लिनुपर्ने स्थितिमा पुर्याएको छ, नत्र यो एउटा ठूलो संकट हुनेछ । देशको अस्तित्वमा नै खतरा र संकट निम्त्याउनेछ ।’

तर, अल्तामिरानोसँग जुन दस्तावेज छन्, त्यसले कम समयका लागि राष्ट्रपति बनेका लस्कुरिनलाई आफ्नो लोकप्रियता कम हुने थाहा भएको संकेत मिल्छ।अल्तामिरानो बताउँछन्, ‘संसद्‍बाट लस्कुरिन हतास र निराह भएर आफ्नो घरमा फर्किए र एक पत्र लेखे। मलाई नराम्रोसँग धोका दिइएको छ। म जुन राष्ट्रपति र उपराष्ट्रपतिलाई बचाउने कोसिस गरिरहेको थिएँ, उनीहरूले नै मलाई धोका दिए।’

‘केही मान्छे छन्, जो लस्कुरिनले राजीनामा दिन नहुने बताउँछन्। तर, उनको च्याम्बर सैनिकले घेरिएको थियो। उनलाई धम्की दिइएको थियो। त्यहाँ पहिलैदेखि मानिसहरू हातमा कलम थमाएर उनको हस्ताक्षरको पखाईमा बसेका थिए। सबै कुरा पहिले नै तय गरिएको थियो।’ अल्तामिरानोले थपे ।

इतिहासकार ग्वाडालुपे विश्वास गर्छन् कि त्यस समयमा के भयो भनेर विश्लेषण गर्न आवश्यक छ किनभने सबै कुरा ‘एउटै व्यक्तिमा निर्भर हुँदैन।’उनी भन्छन्, ‘यो ठूलो षड्यन्त्र थियो ।’ र सत्य यो हो, हेनरी एल विल्सनको हस्तक्षेप वास्तवमा घृणित थियो।

उक्त घटनापछि लस्कुरिन पनि निर्वासनमा गएका थिए। केही वर्षपछि पुनः मेक्सिको फर्किएका उनले जीवनका कैयौं वर्ष आफ्नो नाममा लागेको ‘दाग’ हटाउने कोसिसमा बिताएका थिए।

‘उनले लगातार धेरै स्पष्टीकरणहरू दिनुपर्थ्यो, किनभने धेरै मानिसहरूले उनलाई देशद्रोही ठान्छन्,’ इतिहासकार विला भन्छन्, ‘हुनसक्छ ऊ थोरै भोली थियो, किनकि उसले अरूले भनेको कुरामा विश्वास गर्यो। राजनीतिज्ञ बन्नको लागि तपाई धेरै छिटो हुनुपर्छ र त्यो बन्न सक्ने होइन।’

-बीबीसीबाट

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार