प्रधानमन्त्री देउवा र फ्रान्सेली संसदीय टोलीबीच भेटवार्ता

काठमाडौं । फ्रान्स–नेपाल संसदीय मैत्री समूहको प्रतिनिधि टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।नेपाल र फ्रन्स सम्बन्ध, आर्थिक सहायताको आदान(प्रदान र विश्वमा भइरहेका पछिल्ला विविध घटनाका विषयमा छलफल भएको बताइएको छ ।

समूहका अध्यक्ष भेरोनिक राइटोनको नेतृत्वको टोलीले बुधवार बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेको हो ।छलफलमा आगामी दिनमा फ्रान्स सरकारले नेपाल सरकारप्रति गर्न सक्ने सहयोगहरुका वियामा के कस्ता रणनीतिहरु तयार गर्न सकिन्नछ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

रुसले युक्रेनमाथि गरेको शैनिक हमलाका कारण विश्वमा त्यसले पारिरहेको प्रभाव र नेपालमा हुन गइरहेको निर्वाचन र नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार