प्रचण्ड र ओलीबीच भेटवार्ता

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै प्रचण्ड संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न पुगेका हुन् । एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार